४ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा संकटा फूटबल क्लबले ठूलो अन्तरले जीत हासिल गऱ्यो। स्थानीय लेबोंग स्टेडियममा मंगलवार खेलिएको म्याचमा संकटा फूटबल क्लबले सेण्ट रोबर्ट्स हाई स्कूललाई ८-३-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट उज्ज्वल राई एक्लैले ४ गोल गरे। यसबाहेक निकत राईले २ तथा सुजल राई र प्रशान्त तामाङले १-१ गोल गरे। यसरी सेण्ट रोबर्ट्स हाई स्कूलबाट प्रज्ञान थापा, फिरोज थापा र रोजेन गुरुङले १-१ गोल गरे। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।