प्रधानमन्त्री मोदीको कुशीनगरको दौड़ाह रद्द

00-1-Rashtriya-Samachar-2

कुशीनगरः कृषि एवं प्रौद्योगिकी विश्वविद्यालयको शिलान्यास औ जनसभाको निम्ति अब प्रधानमन्त्री नरेन्द्र मोदी आउने छैनन्। उनको आगामी ७ जुलाईको दिन हुने भनिएको कुशीनगरको दौड़ाह रद्द भएको छ। प्रधानमन्त्रीको कार्यक्रम रद्द हुनुको प्रमुख कारण वर्षाको पानीले कार्यक्रम स्थल जलमग्न हुनु रहेको बताइँदैछ।

प्रदेशका कृषि मन्त्री सूर्यप्रताप शाहीले आफ्नो फेसबुक एकाउण्टमा उक्त जानकारी साझा गर्दै भनेका छन्, कुशीनगरमा घना वर्षा भएको छ र अहिले पनि मौसम खराब छ। यता सभास्थलमा पनि वर्षाको पानी जमिएको छ। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदी आगामी सात जुलाईको दिन महात्मा बुद्ध कृषि एवं प्रौद्योगिकी विश्वविद्यालयको शिलान्यास समारोहमा आउने निश्चित भएको थियो।

उनको बाहुलीद्वारा नै विश्वविद्यालयको शिलान्यास राखिने तय भएको थियो। तर जनसभा स्थलमा पानी भरिएको कारणले अब प्रधानमन्त्रीको कार्यक्रमलाई रद्द गरिएको छ। बरवा आलू शोध प्रक्षेत्रमा आयोजन हुने भनिएको उक्त कार्यक्रम अब आगामी अक्टुबर वा नोभेम्बर महिनामा प्रधानमन्त्रीको सुविधानुसार हुनेछ। कुशीनगरका पुलिस अधीक्षक (एसपी) धवल जायसवालले पनि यसको पुष्टि गर्दै वर्षाको कारणले कार्यक्रम स्थगित भएको जानकारी दिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement