जीटीए चुनाव अपडेट: भागोप्रामो अघि

Lalkothi

भागोप्रमो: ६      

टीएमसी: ३  

स्वतन्त्र उम्मेदवार: ३       

दार्जीलिङ: ३६ नम्बर समष्टिबाट स्वतन्त्र उम्मेदवार पाल्देन तामाङ विजयी भएको समाचार छlसियोक-गोपालधाराबाट टीएमका उम्मेदवार ध्रुब बम्जन विजयी भएका छन्l

**************************************************************

जीटीए चुनावको मतगणना शुरु भइसकेको छl अहिले यसको परिणामहरु पनि आउन शुरु भइसकेको छl फुबछिरिङ-पान्दम समष्टिमा हाम्रो पार्टीका उम्मेदवार जितें राई विजयी भएको समाचार छl

***********************************************************

खरसाङको १८ नम्बर सोनादा-पचेङ समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का उम्मदेवार अनोश थापा विजय भएका छन्l डाली-ब्लुमफिल्डबाट टीएमसीका उम्मदेवार विनय तामाङ विजयी भएका छन्l रिम्बिक-लोधोमा समष्टिबाट भागोप्रमोका उम्मेदवार नोर्देन शेर्पा विजयी भएका छन्l कालेबुङ ३४ नम्बर समष्टिबाट स्वतन्त्र उम्मेद्वार विकाश राई विजयी भएका छन्। कालेबुङ ३३ नम्बर समष्टिबाट स्वतन्त्र उम्मेद्वार अनुप छेत्री विजयी भएका छन् भने ३५ नम्बर समष्टिबाट टीएमसीका उम्मेद्वार सुमन गुरुङ विजयी भएको समाचार छ।  यता २५ नम्बर समष्टि मिरिक-सौरेनीमा भागोप्रमोका उम्मदेवार अरुण सिग्ची विजयी भएका छन्l तकदाह-ग्लेनबर्नबाट भागोप्रमोका पुलक मोक्तान विजयी भएका छन्l ३७ नम्बर अलगढ़ाबाट भागोप्रमोका दावा तेन्जी विजयी भएको समाचार छl तक्लिंग-पेशोकबाट भागोप्रमोका मणिकुमार राई विजयी भएका छन्l गोक-बिजनबारीबाट हाम्रो पार्टीका उम्मेदवार भुपेन्द्र छेत्री विजयी भएका छन्l यद्यपि यी सबैको अहिले औपचारिक घोषणा भएको छैन।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement