राजु विष्टको काम गोर्खाल्याण्ड माग्ने हो तर पञ्चायत चुनावमा आएर के गर्न खोजेको मैले बुझिन: अनित थापा

IMG-20230704-WA0234.jpg

खरसाङ: मैले मेरो काम इमान्दारसित गरेको छु। मेरो काम राज्य सरकारसंग मिलेर क्षेत्रको विकास गर्नु हो। त्यसरी नै राजु विष्टको काम केन्द्रमा गएर गोर्खाल्याण्ड अनि ११ जनजातिको मुद्दामाथि काम गर्नु हो। तर आफ्नो काम नगरेर राजु विष्टले पञ्चायत चुनावमा आएर के गर्नु खोजेको मैले बुझिन भनी भागोप्रमो अध्यक्ष अनित थापाले आज सिटोङमा चुनावी सभालाई सम्बोधन गर्दै भनेका हुन्।
पञ्चायत चुनावको प्रचार प्रसारमा सिटोङ पुगेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले सिटोङ २ को लेप्चा गाउँ, तुरुक, अप्पर तुरुक, लाटपञ्चर अनि हाइवेका मतदाताहरुलाई भेटी़ेर पार्टीका प्रार्थीहरुको विजयको निम्ति भोटको अपील गरेका छन्। उनले यसावधि बीजेपी गोर्खाको हितमा छैन। गोर्खालाई विभाजन गराउन अनि हाम्रो मुद्दा मास्ने प्रक्रियामा रहेको आरोप लगाउँदै उनले बीजेपीलाई भोट पटक्कै नदिने अपील पनि गरेका छन्। पञ्चायत चुनाव पञ्चायत क्षेत्रको विकासको चुनाव हो। जाति अनि पहिचानको चुनाव होइन। तर यहाँ विपक्षले स्थानीय चुनावमा पनि राष्ट्रिय दललाई भित्राएर पहाडलाई संकटमा हालेको विचार थापाले पोखेका छन्।

अनित थापाले क्षेत्रको विकास गर्ने आफ्नो कटिबद्धता दोहोराउँदै भने, “जीटीएको चार साल अझैं मेरो हातमा छ। यो क्षेत्रको निम्ति अवश्यै म धेरै कार्यहरु गरेर छाडने छु।”
भ्रमणको समय भागोप्रमो अध्यक्ष अनित थापाले तुरुयोकवासीलाई सडक अनि तीनवटा सार्वजनिक भवन निर्माण गरीदिने अनि एकजना असहायलाई आफ्नो निजी कोषबाट घर बनाईदिने वचन दिएका छन्। सडकको काम आगामी सेप्टेम्बर महिनादेखि शुरु गरिदिने अनि सार्वजनिक भवन निर्माणको कार्य भने छिट्टै शुरु गरीदिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement