कूचबिहार: दिनहाटाको गोसानीमारी नम्बर दुई ग्राम पञ्चायत क्षेत्रका सत्तार मियाँ नामका व्यक्तिको घरमा अचानक चार-पाँच बम विस्फोट हुँदा पूरै क्षेत्रमा सनसनी फैलिएको छ। यस घटनामा सत्तार मियाँसहित चार जना घाइते भएका छन्। यसरी घाइतेहुनेहरु मध्ये दुई बालबालिका पनि रहेका छन्। घटनाले वरपरका मानिसहरू त्रसित भएका छन्। स्रोतका अनुसार सत्तार मियाँले बम बनाउने र बम आपूर्ति गर्ने गर्दथे।










