भाजपा प्रार्थीको घर अघिबाट बम उद्धार

IMG-20230704-WA0173.jpg

कुचबिहार: भाजपा प्रार्थीको घर अघिबाट बम उद्धार भएको घटनाले गर्दा आज बिहान तुफानगञ्ज २ नम्बर ब्लकको भानुकुमारी २ नम्बर ग्राम पञ्चायतको बालाकुठी जोडाइमोड इलाकामा सनसनी मच्चियो। तृणमूलका दुष्कृतिहरूले यो कार्य गरेको भाजपा प्रार्थीले आरोप लगाएको छ। आज बिहान ९/१३० नम्बर ग्राम पञ्चायतका प्रार्थी सुमित दासको घरअघिबाट बम उद्धार भएको छ। सुमित दासको आरोप अनुसार स्थानीय तृणमूल प्रार्थीले तिनलाई मार्ने उद्देश्यले नै यस्तो कार्य गरेको हो घटनाबारे थानामा लिखित अभियोग दर्ता गर्ने तिनले बताए। अर्कोतिर, स्थानीय तृणमूल अञ्चल कमिटीका अध्यक्ष सुजित घोषले बताएअनुसार भाजपाले बमको राजनीति गरिरहेको छ।

गत लोकसभा चुनाउपछि भाजपाले ब्लकभरिमै बमको राजनीति गरिरहेको छ। चुनाउ अघि मानिसहरूबाट सहानुभूति पाउने उद्देश्यले भाजपा प्रार्थीले आफ्नै घरअघि बम राखेर पुलिसलाई खबर दिएको हो। तृणमूले यस प्रकारको कार्य गर्दैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement