बेयरस्टो विवादले खेल भावनामा असर पर्नेछः म्याककुलम

IMG-20230704-WA0231.jpg

४ जुलाईः ईंग्ल्याण्ड टेस्ट टीमका मुख्य प्रशिक्षक ब्रेण्डन म्याककुलमको भनाइअनुसार, लर्ड्समा एलेक्स केरीले जनी बेयरस्टोलाई विवादास्पद तरिकाले स्टम्पिंग गरेको घटनाले एशेज सीरीजको रहल म्याचहरूलाई प्रभावित गर्नेछ। लर्ड्स क्रिकेट ग्राउण्डमा दोस्रो एशेज टेस्ट म्याचको अन्तिम दिन ५२औं ओभरमा एउटा विवादास्पद क्षण देख्न पाइयो जब अष्ट्रेलियाई विकेटकीपर एलेक्स केरीले सीधा थ्रो गरी ईंग्ल्याण्डका ब्याटर बेयरस्टोलाई रन आउट गरे। त्यस समय बेयरस्टो १० रन बनाएर खेलिरहेका थिए। उनलाई त्यस समय विपक्षी विकेटकीपरले थ्रो गर्ने आशा थिएन। उनी त्यसलाई डेड बल सोचेर क्रीजबाट बाहिर निस्किएका थिए। धेरै वर्तमान र पूर्व क्रिकेटरहरूले यसको आलोचना गर्दै केरीको व्यवहारलाई खेल भावनाको विपरीत बताएका छन्। यसरी नै धेरैले यस मामिलामा केरीको समर्थन पनि गरेका छन्।
यस घटनामाथि प्रतिक्रिया व्यक्त गर्दै म्याककुलमले अष्ट्रेलियाको कार्वाहीले खेल भावनामा असर पर्ने बताए। म्याककुलमले भने, मेरो विचारमा त्यस घटनाले खेल भावनामा असर अवश्यै पर्नेछ अनि यस्तो हुनु पनि पर्छ। अन्तमा उनीहरूले नाटक गरे अनि यसको परिणाम पनि भोग्नु पर्नेछ। न्यूजील्याण्डका पूर्व क्रिकेटर म्याककुलम अब रहल तीनवटा म्याचमा ध्यान केन्द्रित गर्न चाहन्छन् अनि उनलाई ईंग्ल्याण्डले सीरीजमा पुनरागमन गर्ने आशा रहेको छ। उनले भने, हामी अहिले पनि सीरीजमा पुनरागमन गर्न सक्छौं। हामीले यस कुरामा ध्यान दिनु पर्छ। यो एउटा एकाई हो अनि हामी लड़ाइँ गर्न जान्दछौं। हामी सजिलै हार मान्न चाहँदैनौ। उल्लेखनीय छ, दोस्रो टेस्टमा ४३ रनले जीतको साथ अष्ट्रेलियाले पाँचवटा टेस्ट म्याचको सीरीजमा २-०-ले बढ़त हासिल गरेको छ। तेस्रो टेस्ट म्याच ६ जुलाईदेखि हेडिंग्लेमा शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement