दार्जीलिङ: हाम्रो पार्टीमा समर्थकहरूको भीड छ। ८ जुलाई हुने पञ्चायत निर्वाचनलाई ध्यानमा राख्दै गठबन्धनका नेताहरूले चुनावी अभियानलाई तिव्रता दिएका छन्। यसैबीच मिरिक ब्लकअन्तर्गतका निपानियन बस्ती, रैतोलालगायत क्षेत्रमा गठबन्धन पार्टीको चुनावी बैठक बसेको छ।
बैठकमा हाम्रो पार्टीका केन्द्रीय प्रवक्ता लाडुप घिसिङ, क्षेत्रीय संयोजक प्रशान्त लामालगायत गठबन्धनका अन्य नेताहरूको उपस्थिति रहेको थियो। सो क्रममा भारतीय गोरखा लोकतान्त्रिक मोर्चाका निपानियन बस्ती, रैतोला गाउँ क्षेत्रका वरिष्ठ कार्यकर्ता तथा समर्थकहरूले हाम्रो पार्टीको दूरदृष्टि र पार्टी अध्यक्ष अजय एडवर्ड्सको इमान्दारितामा विश्वास व्यक्त गरेका थिए। आत्मविश्वासका साथ पार्टीको झण्डा बोकेका थिए। गठबन्धनका उम्मेदवारलाई जिताउने उनको पहिलो प्राथमिकता हो।