४ जुलाईः गत हप्ता लुसाने डायमण्ड लीगमा खिताब जित्ने ओलम्पिक च्याम्पियन ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले बताएअनुसार, उनी वर्ल्ड च्याम्पियनशीप अघि शारीरिक र मानसिक फिटनेसमाथि फोकस गर्न चाहन्छन् अनि ९० मीटरको वाधा पार गर्ने कुनै दबाउ छैन। मांसपेशीको चोटले गर्दा तीनवटा शीर्ष स्पर्धाहरूमा हिस्सा लिन नसक्ने चोपड़ाले डायमण्ड लीगको लुसाने चरणमा हिस्सा लिएर गत हप्ता ८७.६६ मीटरको थ्रो गरी लगातार दोस्रोपल्ट शीर्ष स्थान हासिल गरेका थिए। उनले यसअघि ५ मईको दिन दोहामा आफ्नो करियरको चौथो सर्वश्रेष्ठ ८८.६७ मीटरको थ्रो गरी सत्रको शुरुवाती डायमण्ड लीग जितेका थिए।
भारतीय खेल प्राधिकरण (साइ)-द्वारा गराइएको भर्चुअल प्रेस कन्फ्रेन्समा नीरजले भने, शारीरिक र मानसिक दृष्टिकोणले दोहाको तुलनामा लुसानेमा चुनौती कठिन थियो कारण बीचमा पूरा ध्यान चोटमा रहेको थियो। सत्रको बीचमा चोट लाग्दा ध्यान रिकवरीमा केन्द्रित हुन्छ। चोटले गर्दा मैले तीनवटा कण्टिनेण्टल गोल्ड स्तरको टुर्नामेण्ट छोड़्नु पऱ्यो, जहाँ असल मौसम रहेको थियो अनि म ९० मीटरको वाधा पार गर्न सक्ने थिएँ तर अहिले त्यस्तो कुनै दबाउ छैन। अब एशियन गेम्स र वर्ल्ड च्याम्पियनशीप रहेको छ। मौसम र परिस्थिति असल रहे ९० मीटरको थ्रो अवश्यै लाग्नेछ। लुसानेको मौसमलाई ध्यानमा राखएर प्रदर्शन असल रह्यो। अहिले नीरजको ध्यान १९-देखि २७ अगस्तसम्म हंगेरीको बुडापेस्टमा हुने वर्ल्ड च्याम्पियनशीपको निम्ति १०० प्रतिशत फिट रहनुमा रहेको छ। नीरजले भने, मैले अहिलेसम्म वर्ल्ड च्याम्पियनशीपमा स्वर्ण पदक जितेको छुइनँ अनि यसपाली कमीलाई पूरा गर्न कठोर मेहनत गरेको छु। फोकस शारीरिक फिटनेस र मानसिक दृढ़तामा रहनेछ। चोटमुक्त रहेर फिटनेसलाई कायम राख्न मैले त्यसअघि टुर्नामेण्टहरूको चयन पनि सोचविचार गरेर गर्नु पर्नेछ।