क्यारेबियन क्रिकेटलाई बचाउन अघि आए ब्रायन लारा

IMG-20230704-WA0113.jpg

४ जुलाईः आईसीसी वनडे वर्ल्ड कप २०२३-बाट बाहिर भएपछि वेष्ट इण्डिजले आफ्नो घरेलु मैदानमा भारतको सामना गर्नेछ। यी दुई टीमबीच दुईवटा टेस्ट म्याचको सीरीज १२ जुलाईदेखि शुरु हुनेछ। भारतीय टीमले यस यात्रा दुईवटा टेस्ट म्याचको साथमा तीनवटा वनडे र पाँचवटा टी२० म्याचको सीरीज पनि खेल्नेछ। वर्ल्ड कप क्वालीफायरमा निराशाजनक प्रदर्शनपछि क्यारेबियन क्रिकेटलाई बचाउन वेष्ट इण्डिजका पूर्व दिग्गज खेलाड़ी ब्रायन लारा टीममा सामेल भएका छन्। वास्तवमा लाराले टीममा परफर्मेन्स मेण्टोरको रूपमा काम गर्नेछन्। अन्तर्राष्ट्रिय क्रिकेटमा गत केही सालदेखि वेष्ट इण्डिजको प्रदर्शन चरम हताशाजनक रहेको छ। गत ४८ सालमा वेष्ट इण्डिजको टीम पहिलोपल्ट वनडे वर्ल्ड कपमा स्थान बनाउनदेखि चुकेको छ जबकि टीमले यस प्रतिष्ठित टुर्नामेण्टको पहिलो दुईवटा संस्करणमा ट्रफी जितेको थियो। यस्तो स्थितिमा ब्रायन लाराको आगमनले टीमको प्रदर्शनमा सुधार आउने आशा गरिएको छ।
ब्रायन लारा स्वयं आफ्नो समयका दिग्गज ब्याटर थिए। उनले वेष्ट इण्डिजको तर्फबाट १३१ वटा टेस्ट र २९९ वटा वनडे म्याचमा प्रतिनिधित्व गरेका थिए। टेस्ट क्रिकेटमा उनले ५२.८८-को औसतले ११९५३ रन बनाएका छन्। यस प्रारूपमा उनको नाममा ३४ वटा शतक र ४८ वटा अर्द्धशतक रहेको छ। टेस्टमा लाराको सर्वश्रेष्ठ स्कोर अविजित ४०० रन रहेको छ, जुन एउटा वर्ल्ड रेकर्ड हो। यसरी नै लाराले वनडे क्रिकेटमा १०४०५ रन बनाए। यस प्रारूपमा उनले ४०.४८-को औसतले रन बनाउँदा १९ वटा शतक र ६३ वटा अर्द्धशतक लगाए।
भारत र वेष्ट इण्डिजबीच पहिलो टेस्ट म्याच १२ जुलाईदेखि खेलिनेछ। यसरी दोस्रो टेस्ट म्याच २० जुलाईदेखि शुरु हुनेछ। टेस्ट सीरीजपछि दुई टीमबीच २७ जुलाईदेखि वनडे सीरीज खेलिनेछ। सीरीजको दोस्रो वनडे २९ जुलाई र तेस्रो वनडे १ अगस्तमा खेलिनेछ। टेस्ट र वनडे पछि टी२० सीरीज शुरु हुनेछ। भारत र वेष्ट इण्डिजबीच पहिलो टी२० म्याच ३ अगस्तमा खेलिनेछ। त्यसपछि दोस्रो म्याच ६ अगस्त, तेस्रो म्याच ८ अगस्त, चौथो म्याच १२ अगस्त अनि पाँचौं म्याच १३ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement