४ जुलाईः शीर्ष वरीयता प्राप्त इगा स्वियातेकले विम्बल्डन टेनिस च्याम्पियनशीपको महिला एकलमा एकतर्फी जीतको साथ शुरुवात गरिन्। यसरी नै पुरुष एकलमा दोस्रो वरीयता प्राप्त नोवाक जोकोविच दोस्रो राउण्डमा पुग्न सफल भए। वर्षाले प्रभावित पहिलो राउण्डको म्याचमा पोल्याण्डकी खेलाड़ी स्वियातेकले चीनकी झू लीनलाई सीधा सेटमा ६-१, ६-३-ले पराजित गरिन्। अहिलेसम्म चारवटा ग्राण्ड स्ल्याम खिताब जितिसकेकी स्वियातेक विम्बल्डनमा आफ्नो पहिलो खिताब जित्ने प्रयासमा रहेकी छन्। विम्बल्डनमा उनी अहिलेसम्म चौथो राउण्डभन्दा अघि बढ़्न सकेकी छैनन्। गत वर्ष उनी तेस्रो राउण्डमा एलिजे कोर्नेट विरुद्ध तेस्रो राउण्डमा पराजित भएकी थिइन्। यसबीच साल २०१९-मा सेमिफाइनलसम्म पुग्ने बारबोरा स्ट्राइकोवा यस साल शुरुवाती राउण्डमा जीत हासिल गर्ने पहिलो खेलाड़ी बनिन्। चेक रिपब्लिककी यस खेलाड़ीले मरीना जनेवस्कालाई ६-१, ७-५-ले पराजित गरिन्। महिलाहरूमा चौथो वरीयता प्राप्त अमेरिकी खेलाड़ी जेसिका पेगुलाले आफ्नै देशकी लरेन डेविसलाई संघर्षपूर्ण म्याचमा ६-२, ६-७, ६-३-ले पराजित गरिन्। बेलारुसकी भिक्टोरिया अजारेंकाले पहिलो राउण्डमा चीनकी यू युआनलाई ६-४, ५-७, ६-४-ले पराजित गरिन्।
यसबीच पुरुष एकलमा सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचले विम्बल्डन २०२३-को आफ्नो पहिलो म्याचमा अर्जेण्टिनाका पी केचिनलाई सीधा सेटमा ६-३, ६-३, ७-६-ले पराजित गरे। जोकोविचको साथमा सातौं वरीयता प्राप्त आन्द्रेव रुबलेवले पनि पहिलो राउण्डको वाधा पार गरे। रुबलेवले अष्ट्रेलियाका म्याक्स पुरसेललाई ६-३, ७-५, ६-४-ले पराजित गरे। अन्य एउटा म्याचमा १४औं वरीयता प्राप्त इटलीका लोरेञ्जो मुसेटीले पेरुका जुआन वरिलासलाई ६-३, ६-१, ७-५-ले पराजित गरे। यसबीच गत सालका उपविजेता निक किर्गियोसले चाहिँ नाड़ीको चोटले गर्दा टुर्नामेण्टबाट नाम फिर्ता लिए। उनलाई ३०औं वरीयता दिइएको थियो। किर्गियोसले यस सीजनमा केवल एउटा म्याच खेलेका छन्।