भागोप्रमोको भाष्कर बराइली हाम्रो पार्टीमा सामेल

IMG-20230703-WA0275.jpg

नेहा बराइलीलाई जिताएर छोडने छौ: शर्मा

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बरिष्ठ कार्यकर्ता भाष्कर शर्मा हाम्रो पार्टीमा सामेल भएका छन्।तकदाह ग्लेनवर्ण समष्टिको सिमान गाउँमा हाम्रो पार्टीको सभा सम्पन्न भएको थियो। यस सभा सोनाम लेप्चाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सभामा पार्टी केन्द्रीय कार्यकर्ता एंव क्षेत्रिय सभासद सन्नी बम्जन विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै हाम्रो पार्टीको उम्मेद्वार नेहा बराइली लगायत गाउँ समाजको नेतृत्वहरू अनि स्थानीय बासिन्दाहरूको अपार भीड रहेको थियो। आयोजित सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बरिष्ठ कार्यकर्ता भाष्कर शर्मा लगायत उनको टीमले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए।पार्टी केन्द्रीय कमिटि सदस्य एंव क्षेत्रिय सभासद सन्नी बम्जनले भाष्कर शर्मा लगायत अन्यलाई पार्टीको झण्डा सोम्पिन्दै पार्टीमा न्यानो स्वागत जनाए। हाम्रो पार्टीको झण्डा समाएपछि उपस्थित भीडलाई सम्बोधन गर्ने क्रममा भाष्कर शर्माले हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मा रहनु हाम्रो बाध्य थियो तर आज हामीले हाम्रो पार्टी जस्तो भिजन भएको पार्टी अनि अजय एडवाडर्स जस्तो इमान्दार नेता पाएका छौ यो हाम्रो अहो भाग्य हो। हाम्रो पार्टीको भिजन अनि पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई प्रत्येक घर घरमा पूराएर नेहा बराइलीको पक्षमा भोट माग्ने छौ अनि विजय तुल्याउने छौ शर्माले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement