एस पी शर्माले गठबन्धनको घोषणा च्याते

IMG-20230703-WA0271.jpg

दार्जीलिङ: “गठबन्धनको मियाद ८ जुलाई सम्म मात्र हो भने यो पाँच वर्ष सम्मको घाेषणा पत्र पहाडलाई लठुवा बनाउने घोषणा पत्र मात्र हो।” भन्दै भागोप्रमो प्रवक्ता एस पी शर्माले दार्जीलिङ्ग प्रेस गिल्डमा एउटा पत्रकार सम्मेलन डाकेर गठबन्धनको घोषणा पत्र च्यात्दै यो वक्तव्य दिएका हुन्। ८ जुलाई पछि गठबन्धनको कुनै महत्व नै छैन भने घोषणा पत्रको के काम? भनी ठाडो प्रश्न गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका एस पी शर्माले गठबन्धनले हिजो मात्र सार्वजनिक गरेको गठबन्धनको घोषणा पत्र च्याते। उसले च्यातेको घोषणा पत्रलाई पहाडको जनतालाई लठुवा बनाउने गठबन्धनको अर्को प्रोपागान्डा मात्र हो भनी बताए। घोषणा पत्र जनताको हातमा होइन डस्ट विनमा फ्याक्नु पर्छ।शर्माले आफ्नो तर्क दिँदै भने, ” गठबन्धनका नीरज जिम्बा, विमल गुरुङ अनि अजय एडवर्ड्सले स्पष्ट रूपमा भनी सकेका छन कि यो गठबन्धन केवल ८ जुलाई सम्म मात्र हो। उनीहरूले चुनाउको परिणाम सम्म पर्खेका छैनन्। अब आफै भन्नुहोस यो घोषणा पत्रमा दिइएको संकल्पहरुको जिम्मेवारी कसले लिने?”उनले पत्रकारहरुलाई राजु विष्टले चुनाव समय झुट बोलेर जनतालाई दिग्भ्रमित बनाएको आरोप पनि लगाए। उनले भने, “दिल्लीमा काम गर्नु पठाएको व्यक्ति हुन् राजु विष्ट। सय दिने रोजगारको पैसा केन्द्रले किन रोक्यो त्यसको कुनै जानकारी उपलब्ध छैन। मनरेगाको निम्ति वर्तमान बजेटमा पैसा घटाइएको छ। तब कसरी राजु विष्टले चुनाव सक्ने साथ पैसा श्रमिकको बैंकमा पस्छ भन्नु सक्छन्? कसरी श्रमिकलाई मनरेगाको दैनिक हाजिरा ₹ १५० बनाउँछु भन्दैछन्? राजु विष्टले प्रचार गर्दै गरेको कुरा झुट हो। पहाडलाई लठुवा बनाउनु खोज्दैछ।”

ह्याप्पि भ्यालीका जनतालाई लोभ्याउन राजु विष्टले बाटो बनाउने जिम्मेवारी लिएको बयान माथि कटाक्ष गर्दै शर्माले भने, “राजु विष्टले विगत दिनहरूमा बाटो बनाई दिन्छु भनेर वचन दिनु भएको नै हो। तर बाटो कहीं पनि बनिएको छैन। अहिले फेरि आएर चुनाव समय झुटो घोषणा गर्दै हिँड्दै छन्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement