दार्जीलिङ: आज भागोप्रमो प्रवक्ता एस पि शर्माले सयुक्त गोर्खा गठबंधनको म्यानुफेस्टो च्यातेको घटना सामाजिक संजालमा भाइरल भइरहेको छ। यसलाई बङालको निर्देशमा भएको अनि यो म्यानिफेस्टो नभएर गोर्खाहरुको भाग्य च्यातेको भन्दै आज एक भिडियो जारी गरि भाजयुमो जिल्ला अध्यक्ष निरज राईले बताएका छन। कुनै समय त्यही अनित थापा अनि जिटिएलाई नानाभाती भन्ने अनि अहिले आएर अनित थापाकै चाप्लुसी गरेको भन्दै शर्मालाई उनले राजनीतिक ब्यापारीको पनि संज्ञा दिएका छन। उनले थप भनेका छन भाजपा अनि सांसद राजु बिष्टको बडदो लोकप्रियता देखेर नै प्रजातान्त्रिक मोर्चाकोहरु हतास भएर भाजपा कार्यकर्ताहरु माथी धम्काउने तथा कुटपिट गर्ने, सांसद राजु बिष्ट माथि प्राण घातक हमला गर्ने जस्ता षडयन्त्र गरिरहेको पनि उनले थप बताएका छन।