३ जुलाईः बार्सिलोना र स्पेनका पूर्व मीडफिल्डर सेस्क फाब्रेगासले ३६ सालको उमेरमा प्रतिस्पर्धी फूटबलबाट सन्न्यास लिए। फाब्रेगासले १६ सालको उमेरमा आर्सनलको तर्फबाट पदार्पण गरेको लगभग २० सालपछि फूटबलबाट सन्न्यास लिए। साल २०१०-मा फिफा वर्ल्ड कप जित्ने स्पेनिश टीमका सदस्य फाब्रेगासले ट्वीटरमा सन्न्यासको घोषणा गरे। उनले गत वर्ष इटलीको दोस्रो डिवीजनको टीम कोमोसँग दुई सालको अनुबन्ध गरेका थिए तर उनले मियाद पूरा हुन अघि नै सन्न्यास लिने फसेला गरे। फाब्रेगासले भने, धेरै दुःखको साथमा यो घोषणा गर्नु परिरहेको छ कि खेलाड़ीको रूपमा फूटबल करियरलाई बिदा जनाउने समय आएको छ। फाब्रेगासले स्पेनको सीनियर राष्ट्रिय टीमबाट ११० वटा म्याच खेलेर १५ वटा गोल गरेका थिए। क्लब करियरमा उनले अधिकांश समय नै आर्सनल, चेल्सी र बार्सिलोनामा बिताए।