दार्जीलिङ: भष्ट्रचार मुक्त ग्राम पंचायत बनाउने हाम्रो पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाले आह्वान गरेका छन्।पुलुङदुङ ग्राम पंचायत वार्ड नम्बर एक,को हाम्रो पार्टीको उम्मेद्वार सुनिता तामाङको पक्षमा चूनावी प्रचार प्रसार गर्न पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया,केन्द्रीय कमिटि सदस्य एंव पूर्व चेयरम्यान रितेश पोर्तेल आदि पुलुङदुङ पूग्यो।पार्टी उम्मेद्वार सुनिता तामाङको पक्षमा पार्टी महासचिव भोटिया, पूर्व चेयरम्यान पोर्तेलले पुलुङदुङ ग्राम पंचायत क्षेत्र पर्ने गाउँहरूको भ्रमण गर्दै भोट माग्यो।यसैक्रममा पार्टी महासचिव फुर्तेम्बा भोटियाले गाउँलेहरूलाई सम्बोधन गर्दै भष्ट्रचार मुक्त ग्राम पंचायतको निर्माण गर्न समस्त ग्रामबासी एकबद्व हुने आह्वान गरयो।तिनले थप भने सुनिता तामाङ एक शिक्षित एंव समाज सेवी युवा हुन। उनी राजनीतिमा पहिलो पटक पाइला राख्दै आफ्नो र आफ्नो क्षेत्रको विकाश गर्छु भन्ने जोश र संकल्प लिएका छन। सुनिता तामाङ जस्ता शिक्षित, समाज सेवीहरूलाई हामीले हाम्रो क्षेत्रको ग्राम पंचायत सदस्य चयन गर्न सक्यौ भने हाम्रो गाउँ र क्षेत्रको काफी विकाश हुनेछ महासचिव भोटियाले भने।त्यसरी नै पूर्व चेयरम्यान रितेश पोर्तेलले सुनिता तामाङ जस्ता योग्य उम्मेद्वार गाउँबासीहरूले पाएका छन त्यसकारण समस्त ग्रामबासीहरूले सुनिता तामाङलाई बल्ल,को चूनाव चिन्हमा भोट दिएर आफ्नो गाउँ र आफ्नो ठाउँको विकाश कार्य गर्नमा सहयोग पूराउने आहवान गरयो।हाम्रो पार्टी उम्मेद्वार सुनिता तामाङले हाम्रो गाउँ र आफ्नो ठाउँको विकाश गर्नको निम्ति म पहिलो पटक चूनावी मैदानमा ओर्लिएको छु, मलाई गाउँ को विकाश गर्न एक पटक मौका दिनु होस भन्दै गाउँलेहरूसंग भोट मांग्यो।