सिलगढी: आज साङ्से ग्राम पंचायत र कश्याम ग्राम पंचायतमा, भाजपा र गठबन्धनका उम्मेदवारहरूको लागि पंचायत र पंचायत समितिका चुनाव अभियानमा सांसद राजु बिष्ट सामेल भएl यस अवधिमा बरमेक सिन्कोना प्लान्टेशनको हाल्पू ग्राउन्ड कम्युनिटी हलमा कार्यकर्ताहरूसँग उनले गरे। यस बारेमा उनले एक प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्l विज्ञप्तिमा उनले यसो भनेका छन्, ‘हालैको घटनाक्रमहरूका कारण सिन्कोना बगानमा बस्ने मानिसहरूले भोग्न परिरहेको चिन्ताहरूबारे म अवगत छु। वन विभागले सिन्कोना बगानको जग्गा उनीहरूको हो भन्नु, हाम्रो क्षेत्र र जनताको भविष्यका लागि राम्रो संकेत होइन। पुस्तौंदेखि सिन्कोना बगानमा बस्दै आएकाहरुको भविष्य जोखिममा परेको छ। जीटीए चलाउनेहरूले यस मुद्दालाई सम्बोधन गर्न चासो नदेखाएको देखिँदा यो सबै चालखेलमा उनीहरुको हात रहेको बुझिन्छl’ जीटीएले सिन्कोना बगानमा स्थानीय कर्मचारी भर्ना रोकेको आरोप लगाउँदै उनले भने, ‘तिनीहरूले कोलकातामा कर्मचारी भर्ती गरेर पहाड़ भित्र्याउने काम जारी राखेका छन्l’

‘टीएमसी सरकारले पश्चिम बंगाल वन विभाग मार्फत गलत तरिकाले विनियोजन गरेको सबै राजस्व सिन्कोना निर्देशनालयमा फिर्ता गरिनुपर्छ भनी हामी माग गर्दछौँ। यी कोषहरू सिन्कोना श्रमिकहरू र उनीहरूका परिवारको कल्याण सुनिश्चित गर्न र नयाँ कर्मचारीहरू भर्ती गर्न प्रयोग गरिनुपर्छ’, विज्ञप्तिमा उनले भनेका छन्l उनले अझ यसो भनेका छन्, ‘भाजपा र हाम्रा गठबन्धन साझेदारहरू सिन्कोना बगान, चिया बगान, वन-बस्तीहरू, डीआई फण्डको जग्गामा बस्ने र काम गर्ने मानिसहरूका लागि न्याय सुनिश्चित गर्न प्रतिबद्ध छन्। हामी हाम्रो क्षेत्रका प्रत्येक गाउँमा द्रुत विकास गर्न सँगै मिलेर काम गर्नेछौँl। हामी पारदर्शिता कायम गर्नेछौँ, भ्रष्टाचारको र भाई-भतिजावादको अन्त्य गर्नेछौँl’