सिलगढी: विगत १९७२ सालमा स्थापित भएको शास्त्री नगर स्थित बालकृष्ण संघको लगभग पाँच वर्षको अवधीपछि नयाँ कमिटी गठन गरिएको छ। आइतबार सिलगढी ४१ नम्बर वार्ड शास्त्रीनगर स्थित बालकृष्ण संघको भवनमा आयोजित सभामा विभिन्न विषय वस्तुहरू माथि गहन चर्चा परिचर्चा भएपछि पुरानो कमिटी विघटन गरिएको हो। बालकृष्ण संघका सचिव विजेन्द्र सुन्दासद्वारा संचालित उक्त कार्यक्रममा विगत कोरोना कालको कठिन परिस्थितिमा दुई वर्षसम्म संगठन अचल रहेको जनाउँदै पाँच वर्षपछि नयाँ कमिटी गठन भएको बताए।
विगत २०२१ देखि यताको संगठनको लेखाजोखा कोषाध्यक्ष कुसुम विश्वकर्माले राख्दै संघलाई एउटा मञ्चको आवश्यकता रहेको पनि महसूस गराइन्। सभामा हर हिसाब माथि सम्पूर्ण सदस्यहरूलाई आआफ्नो मन्तब्य राख्ने अपील गर्दै सबैलाई नयाँ कमिटी गठनलाई लिएर आ आफ्नो मन्तब्य राख्ने सचिव विजेन्द्र सुन्दासले आग्रह गरे।
सभामा नयाँ कमिटी गठनको निम्ति व्यापक चर्चा परिचर्चापछि संघका सल्लाहकार अरुण बरालले नयाँ कमिटी गठन वर्तमान सभापतिको धन्यबाद ज्ञापन पछि गरिने सुझाव राखे। बालकृष्ण संघका संरक्षक सर्जु शर्माले आफ्नो सम्भाष्न राख्दै सबैलाई मिलेर एकजुट भएर संघलाई बचाएर हातेमालो गरेर अघि बढदै संघलाई कसरी अघि बदाउनु सक्छ भने विषयमा आफ्नो सुझावहरु राखे। सल्लाकार डीके विश्वकर्माले पनि संघलाई यतिको वर्षसम्म बचाएर लगेको खण्डमा सबै सबैलाई धन्यवाद्।
सभामा प्रगतिशिल नारीलाई पनि साउण्ड सिस्टम अनी नयाँ बेन्चि प्रदान गराएको खण्डमा संघका सल्लाहकार देवकुमार रसाइलीले धन्यबाद जनाए। प्रगतिशिल नारी संघका अध्यक्ष ममता रसाइलीले पनि आफ्नो मन्तब्य पोख्दै लटरी खेल खेलाएर मुनाफा भएको रकमले संघको निम्ती सानो सहयोग बताइन्। सभापति शर्मिला गुरुङले नयाँ नयाँ चुनिने सदस्यहरूलाई स्वागत जनाउँदै पुरानो कमिटी विघटन भएको घोषणा गरिन्। नयाँ कमिटीको चुनावको निम्ति बालकृष्ण संघका संरक्षक सर्जु शर्मा अनी सल्लाहकार अरुण बरालको सुझावमा नयाँ कमिटीको चुनाव भयो अनि सर्व समितिको साथ पारित पनि गरियो।
यसरी चयन गरिएको नयाँ कमिटीमा सभापतिको पदमा विजेन्द्र सुन्दास, उपसभापति सबिता गजमेर, सचिव नीलम गजमेर, सह सचिव सन्तोष खाती, कोषाध्यक्ष जया गजमेर छेत्री, सह कोषाध्यक्ष सृजना रसाइली। नयाँ कमिटी गठन पछि नयाँ सदस्यहरुले आ आफ्नो मन्तब्ह पोख्दै संघको निम्ति निष्ठा पुर्बक काम गर्ने वाचा गरेका छन्। सल्लाहकारहरुमा श्रीमती ज्योति शर्मा, शर्मिला गुरुङ, डीके विश्वकर्मा अनी कुसुम विश्वकर्मालाई सर्व समितिद्वारा चुनाव गरिएपछि नयाँ चुनिएका सम्पूर्ण सदस्यहरुलाई शुभकामना दिँदै सभा वर्खास्त गरिएको थियो भने सभापछि बालकृष्ण संघका संरक्षक सर्जु र सल्लाहकार अरुण बरालले बताएका छन्।