सोनादाको सुर तरंग संगीत महाविद्यालयमा बिदाई साथै सम्बर्ध्दना कार्यक्रम सम्पन्न

IMG-20230703-WA0389.jpg

सोनादा: सोनादाको सुर तरंग संगीत महाविद्यालयमा बिदाई साथै सम्बर्ध्दना कार्यक्रम सम्पन्न भएको छ। विगत लामो समयदेखि यस संगीत महाविद्यालयमा संगीत सिकाउने गुरुहरूलाई सम्मान गर्नलाई उक्त बिदाई एंव सम्बर्ध्दना कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम गीति गुञ्ज संगीत महाविद्यालयको प्राचार्य एवं संगीत गुरु गोबिन्दसिंह घतानीको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोस थापा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संगीत गुरु केबी मुखिया उपस्थित रहेका थिए। उक्त कार्यक्रम सफल भएको मानिएको छ। उक्त कार्यक्रममा यही संगीत महाविद्यालयमा स्वर सिकाउने गुरु लक्ष्मी नारायण प्रधान, नृत्य गुरु बिन्दु लकान्द्री, भायोलिन गुरु शरद विश्व अादिलाई सम्बर्ध्दना जनाइएको छ। उक्त कार्यक्रममा स्वागत सम्भाषण बुध्द राईले राखेका थिए भने कार्यक्रममा राग, तबला, लोक नृत्य जस्तै झोडा नृत्य अनि गीतहरू प्रस्तुत गरिएको थियो। यस अवसरमा महाविद्यालयको प्राचार्य डीके प्रधानले कलेजको इतिहास र यसको भविष्य विषयमा जानकारी गराएका थिए। यस सुर तरंग महाविद्यालयले संगीतसित सम्बन्धित विभिन्न क्लासिकल भोकल, नृत्य, भायोलिन, तबला, पाश्चात्य गिटारहरू सिकाउने गरेको जानकारी गराएका छन्। कार्यक्रममा सभाध्यक्ष संगीत गुरु गोबिन्दसिंह घतानीले यहाँको संगीत विद्यार्थीहरूले राम्रोसित संगीत सिकिरहेको बताए। यो कार्यक्रम सफल बनेको र यहाँ सिकाउने गुरुहरूलाई सम्मान गरेर राम्रो कार्य गरिएको जानकारी गराएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन हैषत राईले राखेका थिए भने कार्यक्रमलाई रसिक छेत्रीले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement