गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले गुरु पुर्णिमाको शुभ अवसरमा सम्पूर्ण गुरुहरूप्रति उनीहरूका निस्वार्थ मार्गदर्शन तथा प्रकाश र आशाको किरण बनेकोमा हार्दिक सम्मान एवं कृतज्ञता व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमा जारी सन्देशमा भनेका छन्, ‘गुरु पूर्णिमा श्रद्धा, कृतज्ञता र आत्मचिन्तनको पर्व हो। यो हाम्रो जीवनमा ज्ञान, शिक्षा र गुरुहरूको हाम्रो जीवनमा भूमिकाको प्रतीक हो। आज हाम्रा गुरुहरूबाट प्राप्त गरेका ज्ञान र मार्गदर्शनको कदर अनि सम्मान गर्ने दिन पनि हो।