गेजिङः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको गेजिङ जिल्ला भ्रमणलाई लिएर आज राब्देन्सीस्थित जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा एक तयारी बैठक आयोजन गरियो। जिल्लापाल वाईडी योङ्दाको अध्यक्षतामा आयोजित बैठकमा विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए।
जिल्लापालले बैठकमा उपस्थित अधिकारीहरूलाई राज्यपालको आगामी भ्रमणको बारेमा जानकारी गराइन्। उनले सबै विभागहरूलाई तत्पर रहने निर्देश दिइन्। बैठकमा उनले राज्यपालको भ्रमण स्थलहरूको बारेमा पनि अवगत गराइन्।