राजधानीका होटल अनि रेस्टोरेन्टहरूमा व्यापक खाद्य निरीक्षण

screenshot_20230703_161433_gallery_634

गान्तोकः राजधानी गान्तोकमा सञ्चालित विभिन्न होटल अनि रेस्टोरेन्टहरूको आज व्यापक खाद्य निरीक्षण गरियो। निरीक्षण गर्नुको मुख्य उद्देश्य खाद्य गुणवत्ता मानक, लाइसेन्स, लेबर कोडको कार्यान्वयन सुनिश्चित गर्नु रहेको बताइएको छ।

निरीक्षण दलको अगुवाई गान्तोक महकुमा अधिकारी परी बिस्नोईले गरेकी थिइन्। दलमा जिल्ला प्रशासनका अधिकारीहरू तथा स्वास्थ्य, श्रम, पर्यटन, आबकारी र पुलिस विभागका अधिकारीहरू पनि सामेल थिए।

निरीक्षण दलले राजधानीका विभिन्न रेस्टोरेन्ट र होटलहरूमा प्रदान गरिने भोजनको सुरक्षा र गुणवत्ता जॉंच गरेका थिए। होटल र रेस्टोरेन्टहरूले एफएसएसएआईद्वारा जारी गरिएको मानक पालन गरेको छ अथवा छैन भन्ने जॉंच गरियो। प्रतिष्ठानहरूले लेबर कोड पालन गरेको छ अथवा छैन भनी सोधपुछ गरियो।

जॉंच अवधि खाद्य सुरक्षा मानक, लाइसन्स, साफ-सफाई, स्वच्छतासित सम्बन्धित अनियमितताहरू विरूद्ध नोटिस जारी गरियो। प्रतिष्ठानहरूलाई निर्धारित समयभित्र सुधार गर्न र कारबाही रिपोर्ट बुझाउन निर्देश दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement