मेल्ली-आचिङमा मिलेट रेसिपी कन्टेस्ट आयोजित

millet_557

गेजिङः कृषि विज्ञान केन्द्र, गेजिङले आज मेल्ली आचिङमा मिलेट रेसिपी कन्टेस्ट आयोजन गऱ्यो। प्रतियोगितामा इन्टरनेशनल इयर अफ् मिलेटको भागको रूपमा मेल्ली-आचिङ, रिम्बी र योक्समका एसएचजी सदस्यहरू तथा अन्यहरू सहभागी बने।

कार्यक्रम आयोजन गर्नुको उद्देश्य स्वास्थ्य र कोदोको आर्थिक लाभको बारेमा जागरूकता फैलाउनु रहेको थियो। कृषि विज्ञान केन्द्र, पञ्चायत सभापति, आईसीडीएस सुपरभाइजर, प्रधानाध्यापक निर्णायक थिए। प्रतिभागीहरूले कोदोद्वारा निर्मित विभिन्न प्रकारका परिकारहरू तयार गरेका थिए। विभिन्न मापदण्डहरूको आधारमा विजेता चयन गरियो र उनीहरूलाई पुरस्कृत पनि गरियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement