सिक्किम पुलिस एकादशले सिक्किम युनिकर्न एफसीलाई पराजित गऱ्यो

si

गान्तोकः राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको प्रोबो सिक्किम प्रीमियर डिभिजन लिग २०२३ अन्तर्गत आज आठौं दिन सिक्किम पुलिस एकादश र सिक्किम युनिकर्न एफसीबीच खेल सम्पन्न भयो। यस खेलमा सिक्किम पुलिस एकादशले प्रतिद्वन्दी दललाई ३-१ गोलले पराजित गऱ्यो।

सिक्किम फुटबल एसोसिएशनको तत्वावधानमा आयोजन भइरहेको यस प्रतियोगितामा आज पूर्व राष्ट्रिय फुटबल खेलाडी शेराप लेप्चा मुख्य अतिथि तथा खेल विभागका संयुक्त निदेशक डोनिभ राई विशिष्ट अतिथि थिए। आजको खेलमा सिक्किम पुलिसका बीर बहादुर प्रधानलाई म्यान अफ् द म्याच चयन गरियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement