एआई नेटवर्कलाई मजबुत बनाउन ६ जनालाई स्कूटी प्रदान

IMG-20230703-WA0401.jpg

गान्तोक: राज्यको पशुपालन विभागले राज्यमा एआई नेटवर्कलाई मजबुत बनाउने उद्देश्यके कृत्रिम गर्भाधान कार्यकर्ताहरूलाई मोबाइक-स्कूटर प्रदान गऱ्यो। गत १ जुलाईको दिन दक्षिण जिल्लाको जोरथाङस्थित खेल मैदानमा आयोजित ग्वाला दिवसको अवसरमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको बाहुलीबाट ६ जनालाई स्कूटर प्रदान गरेका थिए। विशेष गरेर राज्यमा कृतिमरूपमा गाई- बाख्रा जन्माउनको निम्ति र एआई नेटवर्कलाई अझ मजबुत बनाएर लैजाने उद्देश्यले स्कूटी प्रदान गरिएको हो। यो कार्यक्रम सिक्किम पशुधन विकास बोर्ड मार्फत राष्ट्रिय गोकुल मिशन नामक केन्द्रीय प्रायोजित कार्यक्रमको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमको उद्देश्य गाईवस्तुको उत्पादनमा अभिवृद्धि गर्ने र उन्नत प्रविधिको प्रयोग गरी दिगो रूपमा दूध उत्पादन बढाउने, प्रजनन प्रयोजनका लागि उच्च आनुवंशिक वृद्दि गर्नको साथै समग्र रूपमा स्वदेशी गाईवस्तु र भैंसी पालन र संरक्षण प्रवर्द्धन गर्नु रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement