इम्फालः मणिपुर सरकारले राज्यका वरिष्ठ पदाधिकारीहरूलाई आफ्नो कारहरूमा झण्डा लगाउने अनुमति दिएको छ। राज्यपाल अनुसुइया उइकेको आदेशमा गृह विभागद्वारा जारी एक आदेशको माध्यमले यसलाई आजदेखि लागू गरिएको छ।आदेशमा भनिएको छ, मणिपुरमा केन्द्रिय बलहरूको तैनातीको कारण सरकारी कामकाजको निम्ति निस्किने पदाधिकारीहरूलाई भइरहेको समस्याहरूलाई मध्यनजर राखेर यो फसेला लिइएको हो।
उल्लेख्य, पहिले २६ जूनमा पनि मणिपुर सरकारद्वारा यस प्रकारको आदेश जारी गरिएको थियो तर उपद्रवी तत्वहरूद्वारा यसको सम्भावित दुरूपयोगको कारण यसलाई लागू गर्न सकिएन। यस पाली झण्डाको दुरूपयोगलाई रोक्ने व्यवस्था गरिएको छ। फील्डमा काम गर्ने सबै विभागका प्रमुख, राज्यका प्रोटोकल अधिकारी, डिप्टी प्रोटोकल अधिकारी, प्रोटोकल ड्यूटीमा तैनात अधिकारी, उप सचिव र त्यसभन्दा माथिका ऱ्याङ्कका आईएएस र मणिपुर सिविल सेवा (एमसीएस) अधिकारी, एसपी/सीओ र त्यसभन्दा माथिका ऱ्याङ्कका पुलिस अधिकारी र एसडीओ र त्यसभन्दा माथिका ऱ्याङ्कका यस्ता आईएएस र एमसीएस अधिकारी, फिल्डमा काम गर्ने अधिकारी आदिलाई फ्ल्याग लगाउने अनुमति दिइएको छ। यस निर्णयले सरकारी कामकाज निष्पादनमा अवश्य नै सहयोग पुग्नेछ।
-हिस