कोलकाताः कोइला तस्करीका धेरै प्रभावशाली मानिसहरू एक वर्षमा २२ पल्ट विदेश गइसकेका छन्। मामिलाको जाँच गरिरहेको ईडी सूत्रहरू अनुसार, यिनीहरू १२ पल्ट दुबई गएका छन्। बारम्बार जाने गन्तव्यहरूको सूचीमा थाईल्याण्ड, लन्दन पनि सामेल छन्। यिनीहरूद्वारा २०१७ देखि २०२० बीच गरिएको विदेश यात्राहरूको केन्द्रिय एजेन्सीहरूले जाँच शुरू गरेका छन्।
जाँचमा सामेल ईडीका अधिकारी अनुसार, धेरै ठूला कारोबारीहरूको निम्ति पनि यस प्रकारको लगातार विदेश यात्रा सामान्य कुरा होइन। प्रभावी मानिसहरूको विदेश यात्राको टिकट मुख्य रूपमा मध्य कोलकाताको ट्रेवल एजेन्सीको माध्यमले बुक गरिएको थियो। संस्थाको अफिसमा छापा मारेर धेरै दस्तावेज जफत गरियो। जाँच एजेन्सीको सूत्रले दाबी गरेको छ कि हालमा कम्पनीका दुवै मालिकलाई सोधपुछको निम्ति दिल्ली बोलाइएको थियो।
ईडी सूत्रहरूले दाबी गरेको छ, यस सूचीमा एक सांसद, उनका अकाउन्टेन्ट र उनका परिवारका दुई सदस्य सामेल छन्। तृणमूलका पूर्व युवा नेता विनय मिश्रामाथि पनि कोइला तस्करीको पैसा विदेशमा जमा गर्नका लागि प्रायः विदेश गएको आरोप छ। २०२० पश्च्यात् उनले जाँचदेखि भाग्नका लागि प्रशान्त महासागरको द्वीप राष्ट्र वानुअतुको नागरिकता लिएका छन्। घरि-घरि विदेश जानेहरूले चिकित्सकीय कारणहरू बताएर टिकट बुक गराएका छन् तर यसको पछाड़ी गहिरो षड़यन्त्रको आशंकालाई अदेखा गर्न मिल्दैन। ईडी अधिकारीहरूले छानबीन शुरू गरेका छन्।
-हिस