अहिलेसम्म चामल घोटालाको ९ आरोपित पक्राउ

00-1-Rashtriya-Samachar-2

शोणितपुरः जिल्लाको ढेकियाजुली सहकारी विपणन उपभोक्ता समितिबाट हराएको खाद्य सुरक्षा योजनाको चामलको खोजमा सीएम विजिलेन्सको एउटा टीमले सोसाइटीका पक्रा परेका सचिव हेमन्त तालुकदारलाई साथमा लिएर आइतवार राति ढेकियाजुलीमा धेरै व्यापारीहरूको गोदामहरूमा छापा माऱ्यो।

सीएम विजेलेन्सद्वारा आज दिइएको जानकारी अनुसार, विजिलेन्सको टीमले पहिले ढेकियाजुलीको राजा गुप्ता नाम गरेको कारोबारीको गोदाममा छापा मारेर ४७७ बोरा चामल जफत गऱ्यो। यसपछि टीमले मुन्ना चान्डकको ढेकियाजुली र शहरको एक अन्य स्थान भोटपाराको दुई गोदाममा छापा माऱ्यो।

उल्लेख्य, ढेकियाजुली सहकारी विपणन उपभोक्ता समितिमा सेतो चामल घोटालाबारे अनेक तथ्य अघि आइरहेछ। यसबीच चामल घोटालाको क्रममा सीएम विजिलेन्स टीमले नौ जनालाई पक्राउ गरेको छ। सोसाइटीका सचिव हेमन्त तालुकदार र कूल ९ जनामाथि जून-जुलाईमा गरीबहरूको निम्ति आवंटित भारी मात्रामा चामललाई कालो बजारमा बेचेको आरोप छ। सीएम विजिलेन्सले अन्य धेरै आरोपितहरूमाथि नजर राखेको छ। सीएम विजिलेन्स टीमले यस सन्दर्भमा कुनै प्रकारको टिप्पणी गर्नदेखि जोगिरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement