होशै उडाउने! आईफोनभन्दा महँगो ब्राण्डको फोन

Vertu

मोबाइल फोनको बारेमा धेरैको धारणा यस्तो छ आईफोन मात्र सबैभन्दा महँगो होl हिजोआज छिटो छिटो नयाँ नयाँ नवीनतम फोनहरु बजारमा आउने गरेको छl कम्पनीहरुले यस्तै किसिमले फोनहरु बजार ल्याइरहेका छन्l तर नवीनताको नाममा डिजाइनमा खासै केही नयाँ परिवर्तन देखिँदैन। फोनहरु निक्कै महँगो मूल्यमा बजार आउने गरेको छl यी मध्येमा आईफोन सबैभन्दा बढी महँगो मानिएको छl आईफोनलाई निजी शानको रुपमा पनि लिइन्छl तर यहाँ एउटा यस्तो फोन छ जसको मूल्यको कुरा गर्नु हो भने आईफोनलाई पल्लो छेउमा पुर्याउँछl

टेक्नोलोजीको नाममा यस ब्रान्डका उपकरणहरूमा शायद केहि नयाँ फेला पार्न सकिँदैन। तर डिजाइनको सन्दर्भमा, यी फोनहरूले निकै फरक महसुस गराउँछ। डिजाइनसँगै यसको मूल्यले पनि होश उड़छl एप्पलको आईफोनलाई महँगो ब्रान्ड ठान्ने व्यक्तिहरु छन् भने सोच परिवर्तन हुनेछ। यस ब्राण्डको नाम हो ‘भर्टु’l यसको सबैभन्दा सस्तो फोनको मूल्य पनि एप्पलको पछिल्लो फोनको मूल्य बराबर छ। कम्पनीको सबैभन्दा सस्तो फोन किप्याड डिभाइस हो, जसको प्रारम्भिक मूल्य ६४ हजार भारतीय रुपियाँमा उपलब्ध छ। यो भर्टु सिग्नेचर गोल्ड मोबाइल फोनको बारेमा चर्चा भइरहेको छ। यसको ब्ल्याक लेदर एडिसनको मूल्य ६४ हजार भारतीय रुपियाँ छ। यदि भर्टुइण्डिया छुट कोड प्रयोग गरे १०% छुट प्राप्त गर्न सकिन्छ। यस फोनमा खास के छ र जसका कारण यसको मूल्य यति धेरै छ। यसको कारण यस्तो छ,  यसमा १८ क्यारेट सुनको प्लेटिङ प्रयोग गरिएको छ। फोन टाइटेनियम अलोय बडी फ्रेमको साथमा आउँछ, जसमा लक्जरी इको लेदर प्रयोग गरिएको छ। यसमा १८ क्यारेट सुनको प्लेटेड सिम कार्ड ट्रे छ। यसको स्पेसिफिकेशनको बारेमा कुरा गर्दा, फोनमा सिंगल सिम कार्ड स्लट दिइएको छ, जुनएलटीइ फोरजी प्लस सपोर्टको साथ आउँछ। डिभाइसमा २ इन्चको क्युभिजिए टीएफटी एलसीडी डिस्प्ले छ। यसले ब्लुटुथ, थ्रीजीपी, एमपीफोर समर्थन गर्दछ। फोनमा १०५० एमएएच ब्याट्री दिइएको छ। अर्थात् यो फिचर फोन हो जसको लागि कम्तिमा ६४ हजार भारतीय रुपियाँ खर्च गर्नुपर्नेछ। यसको दोस्रो भेरियन्टको मूल्य अझ बढी छ। यो ब्राण्डको सबैभन्दा महँगो फोन भर्टु सिग्नेचर भी– ब्ल्याक गोल्ड डायमण्ड आइरन ब्ल्याक एलिगेटर हो। अमेरिकी बजारमा उपलब्ध यो मोसलको मूल्य भर्टुको आधिकारिक वेबसाइटमा १ लाख १८ हजार ५ सय डलर राखिएको छ। जसको मूल्य भारतीय रुपियाँमा १ करोडको छेउछाउ हुन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *