विकासको मागलाई लिएर ओयल इण्डियाको सड़क अवरूध गरियो

00-1-Rashtriya-Samachar-2

डिब्रूगढ़ः जिल्लाको दुलियाजानको टिङराई स्क्वायरमा उत्तेजक परिस्थिति बनेको छ। सैकड़ौं मानिसहरू सड़कमा उत्रेर ओयल इण्डिया लिमिटेड विरूद्ध प्रदर्शन गरिरहेका छऩ्। प्रदर्शनकारीहरूले ओय़लको टिङराई स्क्वायरमा एस-३ तेल क्षेत्रलाई अवरूद्ध गरी सड़कमा विरोध प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीहरूको आरोप छ, बारम्बार अधिकारीहरूसित यस पूरा क्षेत्रमा विकास कार्य गर्ने गुहार लगाइँदैछ। तर आजसम्म कुनै कदम उठाइएको छैन। यसैले नै प्रदर्शनकारीहरूले ओआईएल विरूद्ध प्रदर्शन गरेका छन्। यसबीच स्थिति खराब भएको देखी प्रदर्शन स्थलमा पुलिसलाई तैनात गरियो।

प्रदर्शनकारीहरूले तेल अधिकारीहरूलाई तेल क्षेत्रमा प्रवेश गर्नदेखि रोके, जस कारण अधिकारी फंसेका छन्। प्रदर्शनकारीहरूको भऩाई थियो, जबसम्म ओय़लका शीर्ष अधिकारी प्रदर्शन स्थलमा पुग्नेछैनन् तबसम्म विरोध प्रदर्शन जारी राख्नेछन्। प्रदर्शनकारीहरूमा गोर्खा छात्र संघको टिङराई क्षेत्रीय समिति, आमसू, गोर्खा नारी परिषद, बरबली गाउँ नामघर समिति, बरबली गाउँ युवक संघ र स्थानीय मानिसहरू सामेल छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement