दुई दिनदेखि परेको अविरल वर्षाका कारण अलिपुरद्वार जलमग्न

585d902c-8587-494b-845d-0825d2678f7a

अलिपुरद्वार: भारी वर्षाका कारण कालचिनीका ठूला क्षेत्रहरू डुबानमा परेका छन्। कालचिनी स्टेशन लाइन, मोदी लाइन, शान्ति कोलोनी, गोदाम लाइन डुबानमा परेका छन्। स्थानीयको घरघरमा पानी पस्न थालेको छ। ढल निकासको कमजोरीका कारण कालचिनीका विभिन्न क्षेत्र वर्षेनी पानीमा डुबेका छन्। ढल निकासको राम्रो व्यवस्था नहुँदा पानी परेसँगै घरमा पानी पसेको स्थानीयले बताएका छन्। अविरल वर्षाका कारण कालचिनीका धेरै क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ। दिमा चिया बगानको नालाको कमजोर ढल निकास र आंशिक अवरोधका कारण कालचिनी डुबानमा परेको हो।

आक्रोशित भीडले कालचिनी चौपाथी क्षेत्रमा सडक अवरुद्ध गरेको छ। पुलिस घटनास्थल पुग्यो। घरघरमा पानी पसेको भन्दै स्थानीयवासीले समस्या समाधानको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement