दार्जीलिङ: महाकाल मन्दिरमा आयोजित ५ दिने द्वादस ज्योतिर्लिङ्ग प्रतिरूप प्राण प्रतिष्ठा तथा स्थापना अनुष्ठानको अन्तिम दिन जीटीएका प्रमुख कार्यकारी अधिकृत अनित थापा सम्पूर्ण परिवारसहित यहाँ आइपुगेका छन्। महाकाल मन्दिर पुजा तथा कल्याण समितिले आयोजना गरेको पञ्चदिवसीय द्वादश ज्योतिर्लिङ्ग प्रतिरूप अभिषेक तथा स्थापना समारोहको आज अन्तिम दिन हो। कार्यक्रममा अनित थापाले भने,‘महाकाल धामको मर्मत सम्भारका लागि बनेको समितिको म सदस्य हुँ। ज्योतिर्लिङ्ग स्थापना समितिको बैठकले गरेको निर्णय अनुसार यहाँ काम भइरहेको छ। यो राम्रो काम हो। जीटीए सम्बन्धमा एक पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘आस्थाका धाम कुनै पनि प्रकारको घोषणा वा प्रचारका लागि होइन। देशका विभिन्न भागमा रहेका १२ वटा ज्योतिर्लिङ्गमा श्रद्धालु भक्तजनहरू आउने गर्दछन्।