३ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा युनाइटेड ब्रदर्स भेटरन्स फूटबल क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। लेबोंग स्टेडियममा सोमवार खेलिएको दिनको पहिलो म्याचमा युनाइटेड ब्रदर्स भेटरन्स फूटबल क्लबले डिस्ट्रिक्ट हस्पिटल फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट एकमात्र गोल तेञ्जिंग लोदेले गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।