असमकी उमा छेत्री भारतीय सीनियर क्रिकेट टीममा

IMG-20230703-WA0331.jpg

३ जुलाईः प्रतिभाशाली क्रिकेटर उमा छेत्रीले भारतीय सीनियर क्रिकेट टीममा स्थान पाएकी छन्। भारतीय महिला क्रिकेट टीमको आउँदो बंग्लादेश यात्राको निम्ति उमालाई राष्ट्रिय टीममा स्थान प्राप्त भएको छ। बंग्लादेश यात्रामा खेलिने टी२० र वनडे दुवै सीरीजको निम्ति चयन गरिएको टीममा उमाले स्थान पाएकी छन्। उनलाई सीनियर विकेटकीपर यास्तिका भाटियाको साथमा राखिएको छ। अनुभवी रिचा घोषलाई दुवै टीममा सामेल नगरिएको हुनाले असमकी क्रिकेटरले यात्रामा जाने मौका पाएकी छन्। २० वर्षीय उमाले यसअघि इण्डिया ए टीमको प्रतिनिधित्व गर्दै एसीसी एमर्जिंग नेशन्स टुर्नामेण्टमा हिस्सा लिएकी थिइन्। त्यस टुर्नामेण्टमा इण्डिया ए टीम च्याम्पियन भएको थियो। उमा सीनियर राष्ट्रिय टीममा स्थान बनाउने असमकी पहिलो क्रिकेटर (पुरुष र महिला दुवै) हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement