भारतीय संस्कृतिमा गुरूको स्थान सबैभन्दा माथि छ: अमित शाह

00-1-Amit-Shah-Home-Minister-1

नयाँ दिल्ली: केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहले भने, ‘भारतीय संस्कृतिमा गुरूको स्थान सर्वोच्च छ। शाहले सोमबार गुरू पूर्णिमाको अवसरमा ट्वीट गरी समस्त देशवासीहरूलाई शुभकामना दिए। उनले भने, ‘गुरूले आफ्नो ज्ञानबाट शिष्यहरूको उज्ज्वल भविष्य सृजन गर्नका साथै राष्ट्र निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्। आफ्नो निस्वार्थ भावले राष्ट्रलाई उन्नतिको पथमा अग्रसर गराउने सबै गुरूजनहरूलाई नमनl’ उल्लेखनीय छ, असार महिनाको पूर्णिमालाई ‘व्यास पूर्णिमा’को रूपमा सारा देशभरि नै मनाइन्छ। भनिन्छ, असार पूर्णिमाको दिन आदि गुरू वेद व्यासको जन्म भएको थियो। -हिस

About Author

Advertisement