पैह्रोको चपेटमा परेर दुईजना छोरासँगै आमाको मृत्यु

गान्तोकः पैह्रोको कारण एउटै परिवारका तीन जनाले ज्यान गुमाउनु परेको छ। घटना राजधानी गान्तोकदेखि केही दूरीमा स्थित रोङ्गे दोकान डाँडाको हो। पैह्रोको चपेटामा परे २७ वर्षीय डोमा शेर्पा र उनको दश वर्षीय र सात महिनाको दुई जना छोराको मृत्यु भएको छ। जानकारी अनुसार सोमबार राति लगभग १.१५ बजे रातभरिको अविरल वर्षाका कारण गएको पैह्रोले दोकान डाँडा रोंगे स्थित बिमल मंगरको कच्चा घर पुरेको थियो। पैह्रोले घर पुरेको कारण बिमल मंगरकी पत्नी डोमा शेर्पा र उनका दुइजना छोराले ज्यान गुमाउनु पऱ्यो।

पेशागत रूपमा वाहन चालक विमल मगर घटनाको समय सिलगढीमा थिए। पैह्रोले घर पुरेको सूचना पाएपछि गान्तोकका एसडीएम रविन सेवाले आफ्नो टोलीलाई लिएर घटनास्थल पुगी राहत कार्य शुरू गरेको र तीनवटै शव घटनास्थलबाट निकालिएको जानकारी पाइएको छ।
बिमल मंगरको परिवार मूल रूपमा पश्चिम सिक्किमको रेसी नजिक सुल्डुङ बौद्ध निवासी रहेको थाहा लागेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *