कोलकाता: पश्चिम बंगाल पञ्चायत चुनावमा केन्द्रीय सुरक्षा बलहरूको तैनातीमाथि आज, सोमवार कलकत्ता उच्च अदालतको फसेला आउन सक्छ। उच्च अदालतले ८२ हजार अर्थात कम्तिमा ८०० कम्पनी केन्द्रीय बलहरू तैनाथ गर्न आदेश दिएको छ। तर, केन्द्र सरकारले अहिलेसम्म केवल ३३७ कम्पनी मात्र पठाएको छ। केन्द्रीय गृह मन्त्रालयअनुसार, राज्य चुनाव आयोगले अहिलेसम्म केन्द्रीय बलहरूको तैनातीको रूपरेखा पठाएको छैन। जुन जवानहरू गएका छन्, उनीहरूलाई कहाँ कसरी तैनाथ त गरिॅंदैछ, उनको उपयोग कसरी गरिॅंदैछ, यस सम्बन्धमा कुनै जानकारी छैन। यस कारण अन्यहरूलाई स्ट्याण्डबाईमा राखिएका छन्।
राज्य चुनाव आयोगले शुक्रवार निर्देशिका जारी गरेर भनेको थियो, ‘मतदान केन्द्रहरूको सुरक्षाको निम्ति केन्द्रीय बलहरूका जवानलाई लगाइने छैन, उनीहरूले केवल पेट्रोलिङ र नाका चेकिङ गर्नेछन्l’ यस विषयमा पनि आज अदालतमा सुनवाई हुनेछ। -हिस