असममा बाढ़को स्थितिमा सुधार

00-1-Assam-Flood-copy

गुवाहाटी: असममा बाढ़को स्थितिमा लगातार सुधार आइरहेको छ। असम राज्य आपदा प्रबन्धन विभाग अनुसार, राज्यका पाँच जिल्लाका १५१९ भन्दा धेरै नागरिक प्रभावित बनेका छन्। राज्यका सबै नदीहरूको जलस्तर घट्ने क्रम पनि जारी छ। सबै नदीहरू खतराको निशानभन्दा मुनि बगिरहेका छन्। यसपल्ट बाढ़ले निकै क्षति पुऱ्याएको छ। धेरै नदीहरूका बॉंध टूटेका छन् र सडक मार्गहरू क्षतिग्रस्त भएका छन्।

विभागले आइतबार अबेर साँझ बाढ प्रभावित पाँच जिल्लाको आंकडा जारी गऱ्यो। बाढ प्रभावित जिल्लाहरूमा बजाली, धेमाजी, गोलाघाट, कामरूप (ग्रामीण) र कोकराझार सामेल छन्। बाढले नौ राजस्व सर्कलका ९५ गाउॅंका १५१९ जना प्रभावित छन्। ५८३.०० हेक्टर फसल पनि प्रभावित बनेको छ। बाढ प्रभावितहरूका लागि नर्थ गुवाहाटीमा एउटा र कोकराझारमा एउटा राहत शिविर स्थापित गरिएको छ। यी शिविरहरूमा १२१ प्रभावित परिवार छन्। बाढले राज्यका कूल ४७४७ पधुधन प्रभावित बनेको छ। राज्य सरकारले बाढ प्रभावित क्षेत्रहरूमा सबै प्रकारका आवश्यक प्रबन्ध गरेका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement