इन्डोनेशियाको पापुआ प्रान्तमा ६.२ तीव्रताको भूकम्प

Earthquake-copy

जकार्ता: इन्डोनेशियाको पापुआ प्रान्तमा सोमबार ६.२ तीव्रताको भूकम्प आयो। राष्ट्रिय भूभौतिकी एजेन्सी अनुसार, सुनामीको कुनै सम्भावना छैन। भूकम्पको केन्द्र जमिनमुनि ३३ किलोमिटरमा थियो। भूकम्पले ज्यानमाललाई गम्भीर क्षति पुऱ्याएको जानकारी छैन। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले भनेको छ, ५.४ तीव्रताको भूकम्प पापुआ प्रान्तको राजधानी जयापुराको एउटा उपजिल्ला अबेपुरादेखि १३५ किलोमिटर दक्षिण पश्चिममा केन्द्रित थियो। यो जमिनमुनि १३ किलोमिटरको गहिराईमा थियो। इन्डोनेशियाको मौसम विभाग, जलवायु विज्ञान र भूभौतिकी एजेनसीले भनेको छ, सुनामीको कुनै खतरा छैन, तर सम्भावित झट्काको चेताउनी जारी गरिएको छ। भूकम्पको तीव्रता ६.४ मापिएको छ। एजेसीले भूकम्पको शुरूवाती मापहरूमा परिवर्तन सामान्य कुरा बताएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement