सलमान खानले ‘बिग बोस ओटीटी’ का दर्शकहरूसॅंग माफी मागे

00-1-Big-Boss-OTT

मुम्बई: दुई हप्ताअघि शुरू भएको शो ‘बिग बोस ओटीटी-२’ निकै पपुलर भएको छ, तर यस एपिसोडमा घटेको दुई घटनाका कारण दर्शकहरू खुशी छैनन्। उक्त दुई घटनाहरूलाई लिएर सालमान खानले सार्वजनिक रूपमा दर्शकहरूसॅंग माफी मागेका छन्। सलमानले यदि यस्तो घटना फेरि भयो भने शो छोड्ने समेत बताएका छन्।

वास्तवमा के भएको थियो?

गत हप्ता आकांक्षा पुरी र जैद हदीद दुवैलाई 30 सेकेण्डसम्म किस गरेको देखाइएको थियो। यस कारण बिग बोस ओटीटी शोलाई एडल्ट शो भनिन थालेको थियो। साथै दर्शकहरूले टीआरपीको निम्ति यस्तो गरिएको हो भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

यसरी नै अर्को घटनामा बिग बोसको घरभित्र जैद हदीदले बेबीका धुर्वे सामु आफ्नो प्यान्ट फुकाले। उक्त घटनापछि घरमा निकै होहल्ला मच्यो। सलमान खानले उक्त दुई घटनालाई लिएर निकै कड़ा प्रतिक्रिया जनाएका थिए। मानिसहरूको आक्रोशका कारण सलमान खानले माफीसमेत मागे। उनले आफु शोको होस्ट रहेको र शोमा यस्तै घटना फेरि दोहोरिए शो होस्ट नगर्ने बताए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement