महाकाल बाबा धाम कुनै घोषणा गर्ने स्थल होइन: अनित थापा

IMG-20230703-WA0223.jpg

दार्जिलिङ: दार्जिलिङको महाकाल बाबा मन्दिरमा आयोजित ५ दिवसीय द्वादस ज्योतिर्लिङ्ग प्रतिरूप प्राण प्रतिष्ठा एवम् स्थापना अनुष्ठानको अन्तिम दिनमा जीटीएका चिफ् एक्जिक्युटिभ अनित थापा आफ्ना सम्पूर्ण परिवारका साथ दर्शन गर्न धाममा पुगेका थिए।
पहाड़की रानी दार्जीलिङको आस्थाको केन्द्र स्थल दार्जीलिङ महाकाल मन्दिर पूजा एवं कल्याण समितिको आयोजनामा २९ जूनदेखि ३ जुलाईसम्म सम्पन्न गरिएको पाँच दिवसीय द्वादश ज्योतिर्लिङ्ग प्रतिरूप प्राण-प्रतिष्ठा एवं स्थापना समारोहको आज अन्तिम दिन रहेको थियो।
महाकाल धाम पहाडको आस्थाको प्रतिक हो। यस धामको देखरेखको निम्ति जुन समिति गठन गरिएको छ त्यसको आफु पनि एउटा सदस्य रहेको र ज्योतिर्लिङ्ग स्थापना विषय समितिको बैठकमा लिइएको निर्णय अनुसार नै काम भएको पाएको अनित थापाले बताएका छन्। यहाँ राम्रो काम भएको रहेछ भनी थापाले ज्योतिर्लिङ्ग स्थापना समय आफ्नो मन्तव्य राखेका थिए। जीटीएले के दिन्छ भनी पत्रकारले सोधेको प्रश्नमा उत्तर दिँदै उनले भने,”आस्थाको स्थान घोषणा गर्ने स्थान होइन। ईश्वर वास बस्ने स्थलमा उँभिएर ईश्वरलाई यो दिन्छु भनेर घोषणा गर्ने ठाउँ नै होइन। हामी उहाँकै सन्तति हौं। यहाँ जे जे हुनुपर्छ सबै हुँदै जानेछ। मेरो आस्था उहाँप्रति छ।”
देशको विभिन्न स्थानहरूमा भक्तहरू १२ ज्योतिर्लिङ्गको दर्शन गर्न पुग्छन्। अब दार्जीलिङको महाकाल बाबा धाममा १२ वटै ज्योतिर्लिङ्गको दर्शन गर्नु सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement