वेभ सिरिज ‘प्रितको रीत’ सार्वजनिक (भिडीयो हेर्नुहोस्)

00-1-A-356169139_1368672100731717_3432646046327292645_n

टीआरआई समाचार

काठमाडौं: डिनेस्ट ईन्टरटेनमेन्टको ब्यानरमा निर्मित नयाँ वेभ सिरिज ‘प्रितको रीत’ सार्वजनिक भएको छ। सार्वजनिक सिरिजलाई निर्देशक शंकर कोइरालाले निर्देशन गरेका हुन्। सिरिजको कथा पनि उनी स्वंयमले नै लेखेका हुन। ओ.एस.आर डिजिटल युट्युब च्यानलमार्फत सिरिजको पहिलो एपिसोड सार्वजनिक गरिएको हो। सिरिजको नामबाट  नै सिरिज प्रेमकहानीमा बनेको अनुमान लगाउन सकिन्छ। पहिलो श्रृंखलाले पनि नाम अनुसारकै प्रेम र कल्पनाका दृष्यहरु समेटेको छ। एक युवतीलाई दुई युवकले मन पराए पनि प्रेम व्यक्त गर्न नसकेको कथालाई पहिलो श्रृंखलाले उतारेको छ।
सिरिजमा मुख्य पात्रको भुमिका निभाएकी मोडल कविता न्यौपानेको कथा भने अनाथ बालबालिकासंग सम्बन्धित हुनसक्ने छनक पनि यो श्रृङ्खलाले दिएको छ। विस्तृत कथा बुज्न भने सिरिज नै हेर्नुपर्नेछ। पहिलो श्रृङ्खला हेर्ने दर्शकलाई ‘प्रितको रीत’ले अरु थप श्रृङ्खला हेर्न कौतुहल भने पक्कै जगाउने छ।


सार्वजनिक सिरिजमा कलाकार कविता न्यौपाने र अमर प्रताप श्रेष्ठ  मुख्य भूमिकामा देखिएका छन। अमरले यसै सिरिजबाट डेब्यु गरेका हुन। कविताले भने थुप्रै म्युजिक भिडियाेहरुमा काम गरिसकेकी छन्। म्युजिक भिडियाेबाट अभिनयको यात्रा शुरु गरेकी कविताको पनि यो डेब्यु सिरिज हो। यसै सिरिजबाट अर्का कलाकार रोबिन सुबेदीले पनि अभिनयको दुनियाँमा पाईला टेकेका छन। कविता, अमर र रबिनबाहेक सिरिजमा दिलीप केसी, सुजाता पाण्डे अनामिका  लामिछाने, रश्मी भट्ट, समिना महर्जुन, उमादेवी बस्नेत कार्की, विजय महर्जन, शीतल श्रेष्ठ, आनन्द विक्रम क्षेत्री, परिचित गिरी, अनुजा जी.सी लगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकारमा भने डिआन्स केसी छन्।
सिरिजलाई दिलीप केसीले निर्माण गरेका हुन्। दुर्गा पौडेल, अमृत सुनुवार र अंकुर गुरुङले मिलेर छायांकन गरेको सिरिजमा एस.आर.के (शंकर राज कोइराला)को सम्पादन, एस.आर.के र दिलीप के.सीको संवाद र टेकेन्द्र शाहको कलर करेक्सन रहेको छ। वे एण्ड बीट्सको शब्द र कम्पोज रहेको सिरिजको गीतमा गायकहरु अन्तर गीत, बिरजु शाही र राजकुमार सहसंहारले स्वर दिएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement