गान्तोकः सिक्किम प्रीमियर डिभिजन लिग अन्तर्गत सातौं दिनको खेल आज सिक्किम आक्रमण एससी र युनाइटेड सिक्किम एफसीबीच सम्पन्न भयो। निर्धारित समयसम्म दुवै दलले एकअर्का विरूद्ध गोल गर्न नसकेपछि खेल बराबरीमा समाप्त भयो।
युनाइटेड सिक्किम एफसीका गोल किपर लाक्पा दोर्जी भोटियालाई म्यान अफ् द म्याच चयन गरियो। यहॉंको पाल्जोर स्टेडियममा सिक्किम प्रीमियर डिभिजन लिग चलिरहेको छ, जसको आयोजना सिक्किम फुटबल एसोसिएशनले गरेको हो।
-हिस