बीएसएफ अधिकारीहरूका साथ राज्यपालले बैठक गरे

00-1-Chhetriya-Samachar

कुचबिहारः राज्यपाल सीवी आनन्द बोसले कुचबिहारमा सीमा सुरक्षा बल (बीएसएफ) अधिकारीहरूको साथ बैठक गरेका छन्। यस अवधि राज्यपालले बंगालका सीमावर्ती क्षेत्रहरूमा भइऱहेको हिंसालाई लिएर बीएसएफ अधिकारीहरूसित चर्चा गरे। राज्यपाल बोस आइतवार बिहान लगभग ११.३० बजी सिताई स्थित बीएसएफ क्याम्प पुगे औं बीएसएफ अधिकारीहरूको साथ बैठक गरे। जानकारी अनुसार, राज्यपालले बंगालका सीमावर्ती क्षेत्रहरूमा भइरहेको हिंसामा बीएसएफ अधिकारीहरूसित कुरा गरेका छन्। राज्यपालले अन्य राज्यहरूसित सीमा साझा गर्ने सीमावर्ती क्षेत्रहरूको समस्याहरूमाथि पनि चर्चा गरे।

वस्तुतः तृणमूलले राज्यका सीमावर्ती क्षेत्रहरूमा बीएसएफको भूमिकामाथि पटक-पटक प्रश्न उठाउँदै आइरहेछ। तृणमूलले आरोप लगाएको छ, कड़ा सुरक्षा भएपनि अपराधीले बाहिरबाट आएर हमला गरिरहेछ। चुनाउअघि राज्यका धेरै हिस्साहरूमा अशान्ति फैलिरहेछ। अर्कोतिर, राज्यपाल सीवी आनन्द बोस पनि क्षेत्रका आम जनसित कुरा गर्न कुचबिहार भ्रमणमा छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement