सिलगढ़ीः भक्तिनगर थाना पुलिसले दवाईको दोकानमा चलिरहरेको कालो कारोबारको खुलासा गर्दै दोकान मालिकलाई पक्राउ गरेको छ। पक्रा परेको आरोपितको नाम चंचल तिवारी बताइएको छ।

पुलिस सूत्रहरू अनुसार, हिजो राति भक्तिनगर थाना पुलिसले प्राप्त सूचनाको आधारमा नगर निगमको ४३ नम्बर वार्ड अन्तर्गत प्रकाश नगर क्षेत्र स्थित एउटा दवाई दोकानमा अभियान चलायो। अभियानमा भक्तिनगर थाना पुलिसले दोकानबाट अलग-अलग प्रकारका ७४४० पीस प्रतिबन्धित नशालु ट्याबलेट उद्धार गऱ्यो। जसपछि पुलिसले दोकान मालिक चंचल तिवारीलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गऱ्यो। भक्तिनगर थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।