सिलगढ़ीमा शुभेन्दुको जनसभा सोमवार

f70e711fdac6fc4bea89bd3913d36b8c1686986267629613_original.jpg

सिलगढ़ीः पञ्चायत चुनाउ ८ जुलाईमा हुन गइऱहेको छ। यसअघि सबै पार्टीहरू आफ्नो यथाशक्ति लगाएर चुनावी प्रचारमा जुटेका छन्। राज्यका विपक्षी नेता शुभेन्दु अधिकारीले भोली सोमवार सिलगढ़ीमा एक जनसभालाई सम्बोधित गर्नेछन्। जसको निम्ति डाबग्राम-फूलबाड़ी विधानसभा अन्तर्गत ठाकुरनगर जाबराभिटा जूनियर हाईस्कूलमा सभाको तयारी चलिरहेछ।

भाजपा विधायक शिखा चटर्जीले आइतवार सभास्थलको तयारीहरूको निरीक्षण गरिन्। सभास्थलको निरीक्षण गरेपछि पत्रकारहरूसित कुरा गर्दै शिखा चटर्जीले भनिन्, भोली साझँ शुभेन्दु अधिकारीले यहाँ एक जनसभालाई सम्बोधित गर्नेछन्। जनसभामा लाखौंको संख्यामा समर्थक र कार्यकर्ता आउनेछन्। यसका साथै उनले पार्टी कार्यकर्ताहरूको साथ एक सांगठनिक बैठक पनि गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement