१७ मईः नेहुर बालासन युथ क्लब (एन.बी.वाई.सी.), बालासनको तत्त्वावधानमा आयोजित सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा दिपम सेभेन बालासन च्याम्पियन भयो। आइतवार भएको फाइनलमा दिपम सेभेनले युनाइटेड दिलाराम फूटबल क्लब (यूडीएफसी)-लाई १-०-ले पराजित गऱ्यो। चरम रोमाञ्चक फाइनलमा विजेता टीमबाट एकमात्र गोल रामकुमार राईले छिराए। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख र उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।