भोट नदिने मेचपाड़ा १२ नम्बर लाईनका बासिन्दाहरूले

7b58039e-4dfb-4c5c-9657-8b9e82643140

कालचिनीः अब भोट आउन मात्रै ६ दिन रहेको बेला कालचिनी खण्डको मेचपाड़ा १२ नम्बर लाईनका बासिन्दाहरूले भोट दिन घरबाट ननिस्कने चेताउनी दिएका छन्। कालचिनी खण्डको चुवापाड़ा ग्राम पञ्चायत अन्तर्गत पर्ने मेचपाड़ा चियाबारीको ९ नम्बर, पक्का लाईन, चिन्ता लाईन, भादो लाईन, नीचे लाईन र प्रेमनगर लाईनमा पाना नदी पसेर यसै पनि बर्षाकालमा बाढ़जन्य परिस्थिति उत्पन्न हुने गरेकोले मानिसहरू आतङ्कित रहेका छन् भने यता १२ नम्बर लाईन संलग्न रहेको बाउन्ड्री झोड़ा र कमानको नालाबाट बग्ने खोल्साले गाउँको ढिल्कना भत्किन्दै गइरहेको र यस सम्बन्धमा गाउँलेहरूले गत २४ मईको दिन मात्र कालचिनी बीडीओ समक्ष शीघ्र सुरक्षा बाँध निर्माणको दाबी राखेको थियो तर ब्लक प्रशासन र नेताहरू कसैले पनि यस सम्बन्धमा कान नथापेकोले अब आउँदो ८ जुलाईको दिन भोट हाल्न ननिस्कने अठोट गरेको गाउँलेहरूले जनाएका छन्।
यता गाउँबाट उठेका पञ्चायत प्रार्थीहरू काजल लोहोरा, सुष्मिता खड़िया र पञ्चायत समितिको निर्दलीय प्रार्थी अन्तिम कच्छपले गाउँलेहरूको गुनासो सही रहेको यद्यपि अहिले पञ्चायत भोटको अघि निर्माण काम नहुने भएकोले गाउँलेहरूले एकपल्ट भोट हालीदिने निवेदन गरेका छन्। तथापि गाउँलेहरूले यत्रो ५ पल्टसम्म पञ्चायत भोट हाल्दै आइरहेको तर गाउँको सुरक्षा बाँधको काम नै नगरेपछि गाउँ खोलामा डुब्ने आशङ्का रहेकोले बरु भोट नदिई बस्ने कि चैँ प्रशासनबाट बाँध निर्माणको वाचा दिनु पऱ्यो अनि मात्र भोट दिने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement