एक्ले हात्तीले घरको पक्का भित्ता फोरेर रासन सामग्री खायो

45567059-95bb-44e3-9d47-c0b6e6a5fb96

कालचिनीः शनिबार मध्य राती कालचिनी खण्डको हेमिल्टनगञ्ज रेञ्ज अन्तर्गत पर्ने दलबदल बस्तीमा मधु जङ्गलबाट आहारको खोजीमा पसेको एक्ले हात्तीले गाउँले बासिन्दा हिमाल गुरुङको घरको भित्ता फोरेर घरमा राखेको चामल र आँटा जति सबै खाएर पाकघर पनि तोड़फोड़ गरेको घटना प्रकासमा आएको छ।
पीड़ित गाउँले हिमाल गुरुङले आफूहरू घरको माथिल्लो बरन्डामा सुत्ने गरेको र तल्लो तलामा रासन सामग्री साथै धान मकै राख्दै आईरहेकोले हात्तीले तल्लो तलाको पक्का भित्ता फोरेर सबै रासन सामग्री खाई दिएको बताएका छन्। राती गाउँलेहरूले होहल्ला गरेर पटेका पड़काउँदै हात्तीलाई जङ्गलतर्फ खेद्न सफल भएको तर घरको आधा भाग सबै क्षतिग्रस्त बनेकोले यसको जानकारी हेमिल्टनगञ्ज रेञ्जलाई दिएको गाउँलेहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement