उत्तराखण्ड: ६ जुलाईसम्म केही जिल्लाहरूमा भारी वर्षाको सतर्कता

Even more rain!

बन्द मार्गहरूलाई खोलाउने कार्य हुँदै

देहरादून: अहिलेघरि उत्तराखण्डले भारी वर्षादेखि राहत पाउने आशा छैन। मौसम विभागले विशेष गरी कुमाऊँ सहित राज्यका कतिपय जिल्लाहरूमा आउँदो ६ जुलाईसम्म भारी वर्षा हुने सम्भावना व्यक्त गर्दै यल्लो सतर्कता जारी गरेको छ। भारी वर्षाको चेतावनीलाई ध्यानमा राखेर राज्य सरकार सहित आपदा विभाग सतर्क भएको छ। बन्द मार्गहरूलाई खोलाउने कार्य निरन्तर भइरहेको छ। यसको साथै मौसम विभागले आउँदो २४ घण्टामा राज्यका केही भागहरूमा घना वर्षाको अरेञ्ज अलर्ट पनि जारी गरेको छ। मौसम विभागद्वारा जारी पूर्वानुमानअनुसार ३ जुलाईमा राज्यको कुमाऊं मण्डलका पर्वतीय क्षेत्रहरूमा कहीँ-कहीँ घना वर्षा, मेघगर्जन, बज्रपात अनि ४, ५, ६ जुलाईमा देहरादून, टिहरी, पौड़ी, बागेश्वर, नैनीताल तथा चम्पावत आदि जिल्लाहरूमा कहीँ-कहीँ भीषण वर्षासहित बज्रपात हुने सम्भावना छ।

जून महिनामा गएको पाँच वर्षमा सबैभन्दा अधिक वर्षा

मौसम विज्ञान केन्द्र देहरादूनका निदेशक विक्रम सिंहले बताएअनुसार यस वर्ष जून महिनामा सामान्य रूपमा जति वर्षा हुनपर्थ्यो त्योभन्दा धेरै नै वर्षा भएको छ। सन् २०१८ देखि यता पाँच वर्षमा सबैभन्दा अधिक १५२.४ मिमी वर्षा यसपालि रेकर्ड गरिएको छ। जून महिनामा गढ़वाल मण्डलमा सबैभन्धा धेर वर्षा भएको रेकर्ड गरिएको छ। देहरादूनमा सबैभन्दा अधिक २४६.३ मिमी वर्षा भयो भने कुमाऊँभित्र अल्मोड़ामा सबैभन्दा कम ७६.७ मिमी वर्षा भयो। यी पाँच वर्षमा सबैभन्दा कम वर्षा विगत सन् २०१९ मा ८४.३ मिमी भएको थियो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement